माघ २८। कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। हजारभन्दा बढीसर्वसाधारणको मृत्यु भएपछि चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ।
सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो। यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् । उनलाई कर्तव्यबाट पछि हट्दै चन्दा संकलन गरेको भन्दै हटाइएको हो।
सोमबार मात्रै १०३ जनाको मृत्यु भएको हुबेई प्रान्तमा अहिलेसम्म अहिलेसम्म १ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।
यद्यपि, देशव्यापी संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको जनाइएको छ । आइतबार ३ हजार ६२ रहेको संक्रमितको संख्या सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको बताइएको छ ।
कोरोनाको संक्रमण देखिएयता मात्र हुबेईमा हजारौंलाई बर्खास्त गरिएको र थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको सरकारी समाचारमा उल्लेख छ ।