माघ २९ । दक्षिण कोरियाको दिग्गज टेक कम्पनी सामसङले आफ्नो ग्यालेक्सी एस २० सिरिज सार्वजनिक गरेको छ। सान फ्रान्सिस्कोमा आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन स्मार्टफोन ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस र ग्यालेक्सी एस२० अल्ट्रा लञ्च गरिएको हो।
यी तीनै फोन उत्कृष्ट क्यामरा, 8K रेकर्डिङ र 120Hz रिफ्रेश रेट भएको डिस्प्लेसहित आउँछ। यी तीन फोनका अन्य विशेषताबारे जानकारी लिऔं।
फोनमा ६.२ इन्चको क्वाड एचडी+ डाइनामिक AMOLED 2x डिस्प्ले दिइएको छ। फूल एचडी रिजोलुशन भएको यो फोन 120Hz को रिफ्रेश रेटसहित आउँछ। फोनको डिस्प्ले HDR10+ सर्टिफाइड हो। ८ जीबी र १२ जीबी र्याम अप्सनमा आउने यो स्मार्टफोन १२३ जीबीको इन्टरनल स्टोरेजसहित लञ्च गरिएको छ। फोनको मेमोरीलाई माइक्रो एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिन्छ।
फोटोग्राफीका लागि ग्यालेक्सी एस२० मा ट्रिपल रियर क्यामरा सेटअप दिइएको छ। यसमा ६४ मेगापिक्सलको प्राइमरी सेन्सरसहित १२ मेगापिक्सलको वाइड एंगल लेन्स र एउटा १२ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल लेन्स दिइएको छ। क्यामरा 30x को डिजिटल जूम र 3x को हाइब्रिड अप्टिकल जूमसहित आउँछ। यस्तै, सेल्फीका लागि यो फोनमा तपाईंले १० मेगापिक्सलको क्यामरा पाउनुहुन्छ। फोनलाई पावर दिनका लागि यसमा २५ वाटको फास्ट चार्जिङसहित 4000mAh को ब्याट्रि दिइएको छ।
ग्यालेक्सी एस२० प्लसका विशेषताः
एस२० प्लस ६.७ इन्चको क्वाड एचडीप्लस डाइनामिक AMOLED 2x डिस्प्ले र 120Hz को रिफ्रेश रेटबाट सुसज्जित छ। यो फोनको डिस्प्ले पनि HDR10+ सर्टिफाइड हो। फोनलाई 8जीबी+128जीबी र ज्ञ12जीबी+512 जीबीको र्याम र स्टोरेज भेरियन्टमा लञ्च गरिएको छ। आवश्यकता पर्दा फोनको मेमोरीलाई माइक्रो एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिन्छ।
फोटोग्राफीका लागि फोनको रियरमा चारवटा क्यामरा दिइएको छ जसमा ६४ मेगापिक्सलको प्राइमरी क्यामरा राखिएको छ। अन्य रियर क्यामरामा १२ मेगापिक्सलका दुई क्यामरासहित एउटा डेप्थ सेन्सर पनि दिइएको छ। सेल्फीका लागि यसमा १० मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ। फोन 4500mAh को ब्याट्रिसहित आउँछ जुन २५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्छ।
ग्यालेक्सी एस२० अल्ट्रा स्पेसिफिकेशनः
ग्यालेक्सी एस २० सिरिजमा यो सबैभन्दा प्रिमियम भेरियन्ट हो। फोनमा 100x डिजिटल जूमसहित 108 मेगापिक्सलको प्राइमरी क्यामरा दिइएको छ। स्क्रिनको कुरा गर्ने हो भने फोनमा ६.९ इन्चको क्वाड एचडी+डाइनामिक AMOLED 2x डिस्प्ले दिइएको छ। अन्य दुई स्मार्टफोनजस्तै यो पनि 120Hz रिफ्रेश रेट र HDR10+ सर्टिफिकेशनसहित आउँछ।
फोनको दुई र्याम अप्सन १२ जीबी र १६ जीबीमा पेश गरिएको छ। यो तीन स्टोरेज भेरियन्ट – १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा आउँछ। मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत् १ टिबीसम्म बढाउन सकिन्छ।
क्यामराको कुरा गर्ने हो भने फोनमा १०८ मेगापिक्सलको प्राइमरी सेन्सरका साथै ४८ मेगापिक्सलको टेलिफोटो लेन्स, १२ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल लेन्स र एउटा डेफ्ट सेन्सर पनि दिइएको छ। सेल्फीका लागि यो फोनमा ४० मेगापिक्सलको क्यामरा दिइएको छ। फोनलाई पावर दिनका लागि यसमा 5000mAh को ब्याट्रि छ जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्टसहित आउँछ।
मूल्यः
मूल्यका कुरा गर्ने हो भने ग्यालेक्सी एस २० लाई ९९९ डलर (करिब १ लाख १३ हजार रुपैयाँ) को सरुवाती मूल्यसहित लञ्च गरिएको छ। यस्तै, ग्यालेक्सी एस२० प्लस ११९९ डलर (करिब १ लाख ३६ हजार रुपैयाँ) र ग्यालेक्सी एस २० अल्ट्रा १३९९ डलर (करिब १ लाख ५९ हजार रुपैयाँ) को सुरुवाती मूल्यसहित लञ्च गरिएको छ। एजेन्सी