माघ २९ । बेलाबखत स्तनपान गराउँदा आफ्ना बच्चाहरुले सही मात्रामा स्तनबाट दुध प्राप्त नभएको महसुस आमाहरुले गरेको पाइन्छ। त्यस्तो अवस्था जुम्ल्याहा बच्चाहरुमा झन् धेरै हुन्छ। किन भने आमालाई बच्चाले एउटा स्तनबाट एक जनाले स्तनपान गरेकोले उसको लागि त्यति स्तनपान पर्याप्त नभएको महसुस हुन्छ।
त्यस्तो स्थितिमा सही पोजिसनलाई ध्यानमा राखेर बच्चालाई स्तनपान गराउने हो भने प्रायः बच्चाहरुले उसलाई आवश्यक पर्ने दुध आमाबाटै प्राप्त गर्न सक्छ। यो पत्ता लगाउनका लागि हामी एक प्रकारको जाँच गर्न सक्छौं। यदि बच्चाको पेट आमाको दुधले भरिएको छ भने २४ घण्टामा उसले ७–८ पटक पिसाव फेर्छ। त्यसका लागि बच्चाको चिसो न्यापीलाई गन्न सकिन्छ। बच्चा दुध पिएपछि २ घण्टासम्म सुत्छ कि सुत्दैन भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ। उसको वजन उसको उमेर अनुसार बढेको छ कि छैन अर्थात हरेक हप्ता औषत १ सय ५० ग्रामसम्म बढ्छ भने बच्चाको पेट आमाको दुधले पूर्ण रुपले भरिएको छ भन्ने कुरा बुझ्नु पर्छ।
स्तनपान पछि डकार्न लगाउनु पर्छ
डाक्टरहरुका अनुसार यदि तपाईंको जुम्ल्याहा बच्चाको आमा हुनु हुन्छ भने तपाईंले आफ्ना बच्चाहरुलाई धेरै ध्यान दिनु आवश्यक छ। तपाईंले आफ्ना बच्चाहरुलाई स्तनपान गराइ सकेपछि तुरुन्त बच्चालाई आफ्नो काधंमा सुताएर उसको ढाडमा हल्का हातले सुम्सुमाउनु पर्छ। यसबाहेक तपाईंले बच्चालाई घोप्टो पारेर सुताएर उसको ढाड सुम्सुमाउन सक्नु हुन्छ। त्यसो गर्नाले बच्चाले डकार्छ र जसले उसको खाएको दुध पनि पच्छ, साथै उसले उल्टी पनि गर्दैन। त्यसो गर्नाले बच्चाको पेटमा ग्याँस पनि भरिदैन।
आफूलाई पनि ध्यान दिनु पर्छ
नवजात शिशूका आमाहरुले बच्चासंग–संगै आफ्नो पनि हेरचाहमा ध्यान दिनु पर्छ। विशेष गरेर त्यो समयमा जब तपाईं बच्चालाई स्तनपान गराइरहनु भएको हुन्छ। यो समयमा आमाले राम्रो पोषणयुक्त भोजन खानु पर्छ। आमाले आफ्नो दिनहु“को खानामा हरियो तरकारी, फलफुल, दुध, दही, माछा, मासु, अण्डा, दाल, गेडागुडीहरु समावेश गर्नु पर्छ। आफ्नो शरीरलाई आराम प्रदान गर्नका लागि व्यायाम गर्नुको साथ–साथै पर्याप्त निद्रा पनि लिनु पर्छ।
कस्तो पहिरन ?
यदि तपाईं शिशूलाई स्तनपान गराइरहनु भएकी आमा हुनुहुन्छ भने बाहिर निस्कने क्रममा तपाईंको पहिरनले तपाईंलाई स्तनपान गराउन बाधा पुर्याउन सक्छ। त्यस्तो अवस्थामा सार्वजनिक स्थानहरुमा पनि तपाईंले आफ्नो बच्चाहरुलाई स्तनपान गराउन सक्नु हुन्न। त्यसैले तपाईंले बाहिर निस्कनुअघि आफ्नो पहिरनमा ध्यान दिनु पर्छ। त्यसका लागि त्यस्ता टप्स अथवा कुर्ती किन्नु पर्छ, जसमा ब्रेस्टको स्थान खुल्ला होस्। त्यस्ता पहिरन घरबाट बाहिर निस्केको समयमा पनि बच्चाहरुलाई सजिलै स्तनपान गराउन सक्नु हुन्छ। स्तनपान गराउने आमाहरुले आफुसंग सल अथवा मर्फलर सधैं साथमा राख्नु पर्छ। यसबाहेक घरमा बस्दा पनि माथिबाट नै खुल्ने गाउन, म्याक्सि अथवा हल्का पहिरन लगाउन सक्नु हुन्छ। यदि तपाईं कुनै पार्टी अथवा समारोहमा सहभागि हुँदै हुनुहुन्छ भने पनि तपाईंले बच्चाहरुलाई स्तनपान गराउने कुरामा ध्यान दिनु पर्छ। त्यसैले फेशन एक्सपर्टको सल्लाह लिएर स्तनपान गराउन सजिलो हुने किसिमको पहिरन छनोट गर्नु पर्छ।
यदि तपाईं जागिरे आमा हुनुहुन्छ भने आफ्नो ब्रेस्ट मिल्कलाई निकालेर स्टोर पनि गर्न सक्नु हुन्छ। बे्रस्ट मिल्कलाई स्टोर गर्नका लागि त्यसलाई फ्रिजमा राख्नु आवश्यक छैन। यसलाई सामान्य तपाक्रममा ६ घण्टासम्म सुरक्षित राख्न सकिन्छ।
स्तनबाट दुध निकाल्नका लागि एउटा सफा कचौराको प्रयोग गर्नु पर्छ। आफ्नो हातको औंलाहरुले विस्तारै ब्रेस्ट निचोर्दै दुध निकाल्नु पर्छ। यदि तपाईंको बच्चा सुस्त छ अथवा दूध चुस्नमा केही समस्या छ भने डाक्टरसंग सल्लाह लिनु पर्छ।