स्याङ्जा, माघ २९ । प्रहरीले हातहतियारसहित स्याङ्जाबाट १ जनालाई पक्राउ गरेको छ। स्याङ्जाको हरिनास गाउँपालिका–६ गैराखोला बस्ने ३६ वर्षीय नारायण मानन्धर १ थान पेस्तोलसहित पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको हो। घरमा खानतलासी गर्ने क्रममा पेस्तोल भेटिएपछि प्रहरीले मानन्धरलाई पक्राउ गरेको हो। यस्तै, सिन्धुलीको मरिण गाउँपालिका–३ नक्कलेस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद भएको छ।
बन्दुक बोकेका व्यक्ति भने भाग्न सफल भएका छन्। जंगलमा हतियारसहितका व्यक्ति रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली खटिएको थियो।
तर, बन्दुक बोकेका व्यक्ति भने भाग्न सफल भएका छन्। प्रहरीले फरार व्यक्तिको खोजी जारी रहेका जनाएको छ।