चितवन, माघ २९ । चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। तीनवर्षे कार्यकालको लागि गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी र सह–सचिवमा सागर ढुंगानालाई चयन गरिएको छ।
यस्तै कार्यसमिति सदस्यहरूमा तुलमान गुरूङ, विवेक पोख्रेल, गीता गुरूङ र हेमराज रिमाललाई चयन गरिएको छ भने मनोनित सदस्यहरूमा सरु चापागाईँ र सुदन पौडेल चयन भएका छन्। यस्तै केन्द्रीय प्रतिनिधिमा भने सुशील पन्तलाई चयन गरिएको छ।