चितवन, माघ २९ । पूर्वी चितवन यातायात प्रालिमा हरिबहादुर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। रत्ननगर ११ मणिखोलामा सम्पन्न प्रथम वार्षिक साधारण सभाले प्रालिको उपाध्यक्षमा विकास ढकाल, सचिव हिरालाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णबहादुर लामा, सह–सचिवमा कृष्णप्रसाद ढकाललाई चयन गरेको हो। कार्यसमिति सदस्यहरूमा दिलकुमार श्रेष्ठ, मेनकुमार श्रेष्ठ, हिरासिंह तमाङ र मैयाँ गुरूङलाई चयन गरिएको छ।
पूर्वी चितवन यातायातमा घिमिरे
