धनुषा, फागुन २ । धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरेको आरोप लागेका मध्ये तीन जना पूर्वपक्षका लागि जेल चलान भएका छन्। अन्य तीन जना आरोपी भने धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार आरोपी तीन जनालाई पुर्पक्षका जेले पठाउने आदेश दिएका थियो।
टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन्।
खोलामा अवैध उत्खनन भइरहेको जानकारी पाएपछि गत पुस २५ गते विहान दिलीपको हत्या भएको थियो।