काठमाडौँ, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित भएको हो।
संसदको बैठक दिउँसो दुई बजे बस्दै छ। उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ। शनिबार बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्।
आफ्नो पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो।
बहालवाला सांसदको मृत्यु भएपछि संसदमा शोक प्रस्ताव पारित गरेर अरु कार्यसूचि स्थगित गर्ने परम्परा छ।