विराटनगर, फागुन २ । मोरङको छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ। पथरी शनिश्चरे नगरपालिका– ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए।
अत्याधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ। शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ।
शुक्रबार लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका छन्। पाँचथरे खोलामा उनको शव भेटिएको हो। दुबै घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।