काठमाण्डौं, फागुन ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज मुलुकका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैबाट बदली भएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०४ गते (आइतबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०५ गते (सोमबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
फागुन ०६ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।