चितवन, फागुन ४ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुरमा निर्माण हुँदै गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नुवाकोटका आइचर व्यवसायीहरूले पनि सहयोग गरेका छन्।
फागुन ४ गते बिहान भरतपुर आइपुगेका उनीहरूले रंगशालालाई ३५ वटा आइचर ट्रक बराबरको बालुवा निः शुल्क प्रदान गरेका हुन्।




