काठमाडौँ, फागुन ५ । ललितपुरको गोदावरी नगरापलिका–५ स्थित एक घरमा शक्तिशाली बम भेटिएको छ। बिहान सात बजे स्थानीय शुकराम मिजारको घरको छतमा बम भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।
नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीबेरअघि उक्त बम निश्क्रिय पारेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए।
उनका अनुसार यो ग्रिनेड बम हो। बम किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको ओझाले बताए। घटनास्थलमा कुनै पर्चा फेला नपरेको प्रहरीले जनाएको छ।




