काठमाडौं, फागुन ५ । सभामुख अग्निपस्रसा सापकोटा र नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका आवासीय प्रतिनिधि बीच शीष्टाचार भेटवार्ता भएको छ। सभामुख सापकोटा र एशिसाइनी मेडागाङगोडा लेबेबीच सोमबार शीष्टाचार भेट भएको हो।
सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडीपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकोमा बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।
सभामुख सापकोटाले नेपाल सन् १९५५ मा संयुक्तराष्ट्रसंघको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै, संविधानसभा निर्वाचन र संघीय संसदलाई स्तरीकरण गर्न युएनडिपिले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।