काठमाडौं, फागुन ५ । जबरजस्ती करणी प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद र सेवा सुविधा फुकुवा हुने भएको छ।
गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछी पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित हुने भएको छ।
संसद नियमवाली अनुसार तीन वर्षभन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वत निलम्बित भएका थिए। बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए। सफाइ पाएसंगै उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुनेछ।
अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुन संसदमा प्रवेश गर्न पाउनेछन्।