फागुन ७ । कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ।
कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ। स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
उनिहरु सबै एकै परिवारका हुन सक्ने आंकलन गरिएको छ। कारमा कसरी आगलागी भयो भन्नेबारे केही पनि खुलेको छैन।