फागुन ७ । दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान टेम्बा बाभुमाले अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन्।
ह्यामिस्ट्रीङ चोटका कारण टेम्बाले पहिलो खेल गुमाउने भएका हुन्। इंग्ल्यान्डसँगको टी-ट्वान्टी सिरिजको दौरान चोट बोकेका टेम्बाले कम्तिमा १० दिन आराम गर्नु पर्नेछ।
तर, टेम्बा अझै दक्षिण अफ्रिकी टिममा रहेका छन्। उनको स्थानमा अन्य खेलाडी ल्याएको छैन। दक्षिण अफ्रिकाले घरेलु मैदानमा शुक्रबार अष्ट्रेलियासँग पहिलो खेल खेल्नेछ।
दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ। एजेन्सी