बेइजिङ, फागुन ७ । चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ। बिरामीको अवस्था यस्तो छ कि पाल्तू जनावरका मालिक आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउन बाध्य भएका छन्।
यो भाइरसका कारण कतै आफ्नो पाल्तू जनावरलाई गुमाउनु नपरोस् भन्ने चिन्ता उनीहरूको छ। उनीहरूलाई पाल्तू जनावरका कारण आपूmलाई यो घातक रोग नसरोस् भन्ने डर पनि छ। कोरोना भाइरसको प्रकोप अझै जारी रहेको छ र विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक बिमारी घोषणा गरेको छ।
पाल्तू जनावरलाई पनि भाइरसको संक्रमण हुन्छ वा हुँदैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले कुनै प्रमाण पेस गरेको छैन। यद्यपि चिनियाँ नागरिक आफ्नो पाल्तू जनावरलाई फेस मास्क लगाएरै घरबाहिर लैजाने गरेका छन्। चिनियाँ सोसल मीडिया वेइबोमा यसको तस्बिर भाइरल भएको छ, जसमा जनावरको आँखामात्रै खुला भएको देखिन्छ।
कैयौं तस्बिर ट्विटरमा सेयर गरिएको छ र यो भाइरल भइरहेको छ। द सनका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पाल्तू जनावर तथा कोरोना भाइरसका बारेमा डब्लूएचओको भनाइप्रति असहमति जनाएको छ। आयोगका प्रवक्ता तथा महामारी वैज्ञानिक ली लन्जुआनले भनेका छन्, “यदि पाल्तू जनावर बाहिर जान्छन् र संक्रमित व्यक्तिको सम्पर्कमा आए भने उनीहरूलाई पनि संक्रमण हुने जोखिम रहन्छ। त्यसैले पाल्तू जनावरलाई अलग गर्नु आवश्यक छ। मानिसका अतिरिक्त हामीलाई अन्य स्तनधारी विशेष गरी पाल्तू जनावरसँग सावधान हुनु आवश्यक छ।”
वल्र्ड स्मल एनिमल भेटेरनरी एसोसिएसनले पनि बिरालोका मालिकहरूलाई आफ्ना पाल्तू जनावरलाई केही समयका लागि घरभित्रै राख्नका लागि सल्लाह दिएको एक्सप्रेस न्युजले जनाएको छ। यो बिरामीमाथि हालसम्म कुनै नियन्त्रण गर्न सकिएको छैन। कैयौं देशले चीनबाट आउनका लागि प्रतिबन्धसमेत लगाएका छन्। प्रमुख विमान सेवा कम्पनीहरूले यहाँबाट जाने र यहाँ आउने उडानलाई रोकेका छन्।