काठमाडौं, फागुन ७ । नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ। बुधबार सुन तोलाको ७७ हजार १ सय कायम भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।
नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो।
आज छापावाल सुन प्रतितोला ७७ हजार १ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन ७६ हजार ७ सय तथा तेजावी सुन ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।