काठमाडौं, फागुन ७ । गुण्डागर्दीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक जुगल गापा वडा नं ३ का पासलाल तामाङलाई पक्राउ गरेको हो।
तामाङसमेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने तथा धाक(धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्यमा संलग्न रही फरार रहेको र महिला समेतलाई अभद्र ब्यबहार गरेको सुचनाको आधारमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।
महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई जडिबुटी बाट पक्राउ गरी अभद्र ब्यबहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।
उनी कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा सेमत संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ।