काठमाडौं, फागुन ८ । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाको सार्वजनिक गोप्य कुराकानीको अडियोको विषयले सामाजिक सञ्जाललाई तताएको छ।
सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ। यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि सञ्चारमन्त्रीको अडियो प्रकरणबारे आफ्नो प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो गतिविधिमा संलग्न मन्त्रीलाई तत्काल हटाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। थापाले लेखेका छन् ‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु। यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’