काठमाडौं, फागुन ८ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणको समाचार प्रकाशन गृहले छाप्न नमानेको भन्दै पत्रकार पुष्प ढुंगानाले राजीनामा दिएका छन्।
उनले आफ्नो पत्रकारितामा निक्कै नमिठो अनुभव रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका छन्।
पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन्।
ढुंगाना नयाँ पत्रिका दैनिक, अन्लाइन खबर र कान्तिपुर टिभीमा काम गर्छन्। यी मध्य कुन सञ्चार गृहले बाँस्कोटाको घुस प्रकरणको समाचार छाप्न नदिएको हो भन्ने चाहिँ खुल्न सकेको छैन।