फागुन ८ । प्रियिमर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई हराएको छ। बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २–० गोल अन्तरले हराएको हो।
सिटीको जितमा रोड्री र केभिन डी ब्रुईनले गोल गरे। युरोपेली फुटबल महासंघको प्रतिबन्धपछि सिटीले पहिलो जित हासिल गरेको हो।
बित्तिय अनुशासन पालना नगरेको भन्दै सिटीमाथि युरोपमा दुई बर्षको प्रतिबन्ध लागेको छ।
सिटीले निर्णयबिरुद्व विश्व खेलकुदको सर्वोच्च निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गर्ने बताएको छ। पछिल्लो प्रतिबन्धसंगै सिटीले दुई बर्ष च्याम्पियन्स लिग लगायतका युरोपेली प्रतियोगितामा सहभागीता जनाउन पाउने छैन।
जितसंगै सिटीले लिग तालिकामा तेस्रो स्थानको लेस्टरसंगको दुरी चार अंकले बढाएको छ। लिगमा १२ खेल बाँकी छदाँ लिभरपुलले २२ अंकको स्पष्ट अग्रता कायम गरेको छ।
शीर्ष स्थानको लिभरपुलको ७३ अंक छ। दोस्रो स्थानको सिटीको ५१ अंक छ। रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक रहेको छ। एजेन्सी