बैंगलुरु, फागुन ८ । सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ।
कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको जनाइएको छ। भारतीय प्रहरीका अनुसार नेपाली भक्तजन कन्याकुमारीको दर्शन गरेर बैंगलुरुतर्फ फर्किँदै थिए।
कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको नेपाली भक्तजन चढेको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ।
भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ। जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन्।