फागुन, ८ । भारी स्कुल ब्याग बोक्ने बालबालिका शारीरिक र मानसिक रुपमा बढी तन्दुरुस्त हुने गरेका छन्। अमेरिकन जर्नल अफ हेल्थ एजुकेशनमा प्रकाशित एक रिपोर्टमा यो दावी गरिएको हो। जुन बच्चाले भारी ब्याग उठाउँछन्, उनीहरुको पेट र ढाडको माशंपेशी धेरै बलियो हुने गरेको निश्कर्ष अध्ययनको छ। यसका कारण उनीहरु धेरै सक्रिय र स्वस्थ हुने गरेका छन्।
ह्यूस्टनस्थित राइस युनिभर्सिटीले १२ देखि १७ वर्षका ६००० बच्चाको स्वास्थ्यमा गरेको अध्ययन अनुसार भारी सामग्री उठाउने बच्चाको विकास अन्य बच्चाको तुलनामा राम्रो हुने गर्छ। मेरुदण्ड विशेषज्ञका अमेरिकन शिरोप्राक्टिस एसोसिएसनले भनेको छ, “बच्चाको स्कुल ब्यागको भार उनीहरुको वजनको हिसाबबाट ५ देखि १० प्रतिशत हुनु आवश्यक छ।”
अध्ययनमा सार्वजनिक स्कुलका विद्यार्थीले कर्ल–अप म्याट्रिक प्रदर्शन गरेका थिए। जसले पेटको शक्ति तथा यसको क्षमतको मापन गरिएको थियो। अध्ययनकर्ताले १३२ विद्यार्थीको दुई फरक–फरक समूह बनाएका थिए। एक समूहले आफ्नो वजनका अनुसार निर्धारित मापदण्ड अर्थात् १० प्रतिशत वजन उठाएका थिए। दोस्रो समूहले २५ प्रतिशतसम्म। यो प्रक्रिया लगभग २ महिनासम्म चलेको थियो। धेरै वजन उठाउने विद्यार्थी कम वजन उठाउने विद्यार्थीको तुलनामा धेरै तन्दुरुस्त भएको देखियो।
आन्तरिक परिक्षणको परिणाममा पनि यो समूहले राम्रो प्रदर्शन गरे र उनीहरुको स्वास्थ्यको विषयम पनि कुनै गुनासो फेला परेन। जबकी कम वजन उठाउने विद्यार्थीको समूहका धेरै विद्यार्थीको मांसपेशी तन्कने गुनासो देखिएको थियो। मु्ख्य अध्ययनकर्ता लारा बाशिरीले भनिन्, “हामी यो अध्ययनको माध्यमबाट बच्चाको ब्यागको बोझ बढाउने सिफारिश गर्दैनौं। हामी यो बताउन चाहन्छौं कि धेरै वजनले बच्चालाई तन्दुरुस्त राख्न सक्छ। यसको कुनै हानी हुँदैन।” एजेन्सी