धनगढी, फागुन ८ । ७० करोड रुपैयाँ कमिसनका लागि ‘सेटिङ’ गर्दै गरेको आफ्नो ‘अडियो’ सार्वजनिक भएपछि पश्चिम नेपाल रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा आत्तिँदै धनगढीबाट काठमाडौँका लागि उडेका छन्।
धनगढी विमानस्थलमा उनले यो प्रकरणमा ‘जे बोल्छु काठमाडौैँ गएर बोल्छु’ भन्दै पत्रकारहरुबाट पन्छिएको त्यहाँस्थित हाम्रा संवाददाता हिमाल जोशीले बताए।
मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय मिश्रसँग कमिसनका लागि ‘सेटिङ’ गरिरहेको ‘अडियो’ बिहीबार सार्वजिक भएको थियो।