काठमाडौं, फागुन ८ । मन्त्रिपरिषद्का निर्णय सार्वजिनक गर्न नियमित रूपमा हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको छ।
संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि हरेक बिहीबार हुँदै आएको नियमित पत्रकार सम्मेलन स्थगित भएको हो। सुरक्षित मुद्रण प्रेस खरिद प्रकरणमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि नैनिकताका आधारमा मन्त्री बाँस्कोटाले बिहीबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएका हुन्।
उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैनिकताका आधारमा राजीनामा बुझाएको सामाजिक सञ्चालमार्फत जानकारी गराएका छन्। मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवादु उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
यसअघि मन्त्रिपरिषद्ले गरेका निर्णय हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुँदै आएको थियो। पत्रकार सम्मेलनमा सहभागी हुन मन्त्रालय पुगेका पत्रकारलाई विशेष कारणले आजको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराइएको थियो।