चितवन, फागुन ८ । कुमारी बैंक लिमिटेडको सौराहा शाखाले पर्यटकीय गन्तव्य सौराहामा डस्टविन राखेको छ। ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउनको लागि सरसफाइ महत्त्वपूर्ण विषय भएकोले रत्ननगर नगरपालिको वडा नं. ६ र ७ मा पर्ने सौराहा क्षेत्रमा २९ थान डस्टविन राखेको हो। साथै चराचोक र गैँडाचोकमा २/२ थान गरी ४ थान फलामे बेन्च राखेको छ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनमा सहज होस भन्ने हेतुले सामाजिक उत्तरदायित्वअन्तर्ग वातावरण सरसफाइको लागि कार्यक्रम गरिएको कुमारी बैंक सौराहा शाखाका प्रबन्धक धनपति लामिछानेले जानकारी दिए।

बैंकले आगामी दिनमा पनि यस क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्दै जाने जनाएको छ। बैंकले, दिगो फोहोर व्यवस्थापन सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर उक्त कार्य गर्दा दिगो फोहोर व्यवस्थापन सहकारी संस्था लिमिटेडले लिएको ‘सौराहा स्वस्च्छ र हराभरा’ वनाउने कार्यमा थप टेवा पुग्ने कुमारी बैक लिमिटेड साैराहा शाखाका लाेन अफिसर ठाकुरप्रसाद पाेख्रेलले जानकारी दिए।

