काठमाडौं, फागुन ९ । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ रेर्कड कायम हुँने क्रम रोकिएको छ। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ। शुक्रबार सुन तोलाको ७८ हजार १ सय कायम भएको छ।
यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो।
आज छापावाल सुन प्रतितोला ७८ हजार १ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विहिबार छापावाल सुन ७७ हजार ६ सय तथा तेजावी सुन ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।