काठमाडौं, फागुन ९ । नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन्।
ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएका हुन्। प्रचण्डका अनुसार यो छलफल पूर्वनिर्धारित थिएन।
अध्यक्षसँगको भेटघाटका लागि आफू बालुवाटार जान लागेको प्रचण्डले बताए।
‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु। यो कार्यक्रम थिएन। तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने।
विहीवारमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए।
त्यसअघि हिजै विहान अध्यक्षद्वयबीच छलफल भएको थियो।
आजै एमसीसी अध्ययन कार्यदलले समेत प्रतिवेदन बुझाउने भएपछि अध्यक्षद्वय छलफलमा जुटेको स्रोतको भनाइ छ।