फागुन ९ । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा भारतले खराब सुरुवात गरेको छ।
विलिङटनमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ। उसका अजिंका रहाने ३८ रनमा अविजित रहदा ऋषब पन्त १० रनमा अविजित रहेका छन्।
घरेलु टोलीका बलर चम्किएपछि भारतका सुरुवाती ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। मायांक अग्रवाल ३४ रनमा आउट हुँदा पृथ्वी श १६ रनमा आउट भए। चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए।
न्युजिल्याण्डका केली जेमिसनले ३ विकेट लिए। टिम साउथी र ट्रेन्ड बोल्टले १र१ विकेट लिए।
भारत दुई टेष्ट सिरिजका लागि न्युजिल्याण्डमा रहेको छ। एजेन्सी