फागुन ९ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मात्रै मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार २ सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन्।
गत वर्षको अन्त्यमा चीनको हुबे प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ।
शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार २ सय ३६ पुग्नुको साथै ७५ हजार ५ सय ७६ व्यक्ति सङ्क्रमित भएका छन्।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्। यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबे प्रान्तको रहेका समाचारमा जनाइएको छ।