चितवन, फागुन ९ । महाशिवरात्रीको अवसरमा भरतपुर महानगरपालिका वडा नं १० महाकालेश्वर शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। यता चितवन,तनहुँ र नवलपरासीको संगम देवघाटमा रहेका शिव मन्दिर र कालिगण्डकी र त्रिशुलीको संगम वेणिमा नुहाउनेको भीड लागेको हो।
शिवरात्रीको दिन बिहानै नुहाई धुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गंगाजल, गाईको दूध र शखरले स्नान गराई फलफूल, मिठाई, धटुरो र बेलपत्र चढाउने परम्परा रहेको छ।
महाशिवरात्रीको दिन महादेवलाई पुजा गर्नाले घरमा सुख शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ। (तस्वीर: विनोद अनुज/लगातार न्युज )