दोलखा, फागुन ९ । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ।
कालिञ्चोक गाउँपालिकामा ९ सुन्द्रावतीका ९ बर्षीय पुजन थामीको यात्रुबाहक बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो।
सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो।
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवालिकाको समूहलाई बसले डोरी सहित लतार्दा पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको स्थानियवासीले बताएका छन्। मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ।