दैलेख, फागुन ९ । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१ भगवतीटोलकी ५० बर्षीया लुरी सार्की हुन्।
घर नजिकै बकाइनोको रुखमा परेको चट्याङको झिल्को लागेर सार्की भुईंमा ढलेभएपछि स्थानीयको सहायताले जिल्ला अस्पताल पु¥याएको घाइतेका छोरा नारायण विसुन्केले बताए।
घाइते लुरीको मुटुको चालमा समस्या देखिएको र उपचार चलिरहेको दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिए। बाहिरी घाउ नदेखिए पनि करेण्टले असर गरेको डा. पन्तले बताए।
दैलेखको नारायण नगरपालिका–१ भगवतीटोल, वडा नं ३ खुर्सानीबारी, महाबु गाउँपालिका–६ लामिडाँडा र ठाँटीकाँध गाउँपालिका –६ लामामेला क्षेत्रमा अधिक चट्याङ पर्ने गरेको छ।