फागुन १० । महामारीका रुपमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वकै ध्यान तानेको छ।
चीनको वुहानबाट शुरु भएको भएको कोरोनाका कारण २२ सय मानिसको मृत्यु भइसक्दा विश्वभरका मुलुकले यसबाट बच्न अनेकौ शतर्कता अपनाइ रहेका छन्।
यसरी विश्वभर कोरोना भाइरसको आतंक जारी रहेको बेला सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बिचमा भने कोरोना नामक एक बियर भाइरल बनेको छ।
कोरोनाका कारण विश्व तनाव रहेको बेला इन्टरनेटमा भने कोरोना एक्स्ट्रा नामक बियरकोे खोजी तिब्र बनेको छ। अर्थात् कोरोना भाइरसको संक्रमण रहेकै बेला गुगल लगायतका सर्च इञ्जिन र सामाजिक सञ्जालमा कोरोना नामक बियरको खोजी बढेको हो।
यसरी कोराना नामक बियरको खोजि हुनुमा कोरोना भाइरसको नामसंग मिल्दो बियरको नाम हो। कोरोनाको नामले लोकप्रिय बनेको यो ब्राण्डको बियर खोजिमा धेरै झुक्किएका हुन्। मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको देखिएको छ।
कोरोना एक्स्ट्रा अमेरिकाको मेक्सीकोमा उत्पादित एक पहेलो रंगको बियर हो। यो अमेरीका बाहेकका अन्य देशहरुमा पनि बिक्रि वितरण हुदै आएको छ। सब्रेसेरी मोडेलो कम्पीद्वारा उत्पादित कोरोना बियरको माग निकै बढेको छ।