फागुन १० । ईङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ६ खेल हुदैछ। शीर्ष चारको दौडमा रहेको चेल्सीले टोटेनहम हट्सपरसंग खेल्दैछ।
लण्डन शहरका दुई क्लब शीर्ष चारको दौडमा छन्। चेल्सी ४१ अंक सहित चौथो र टोटेनहम पाँचौ स्थानमा छ।
शनिबार रातिको नतिजाले शीर्ष चारमा रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने टोलीको सम्भावना प्रबल बनाउनेछ।
पूर्व क्लब चेल्सीलाई हराउँदै शीर्ष चारमा उक्लिने अवसर जोसे माउरिन्होको टोली टोटेनहमलाई छ। चोटका कारण पिरोलिएका दुवै टोलीमा केही स्टार खेलाडी हुने छैनन्।
जोसे माउरिन्होले ह्यारी केन, सन ह्युङ मिन र मौसा सिसोको बिनाको टिम मैदान उतार्ने छन्। चेल्सी प्रभावशाली मिडफिल्डन एनगोलो कान्टे सहित क्रिस्टियन पोलिसिक बिनै मैदान उत्रनेछ।
आजै राति हुने अन्य खेलमा वर्नलीले घरेलु मैदानमा वर्नेमाउथलाई आतिथ्यता प्रदान गर्दा क्रिस्टल प्यालेस न्युक्यासल युनाईटेडको भ्रमणमा निस्कनेछ।
यस्तै, सेफिल्ड युनाईटेडले ब्राईटनलाई आतिथ्यता प्रदान गर्दा साउथह्याम्टन भने एस्टन भिल्लाको भ्रमणमा निस्कनेछ। अर्को खेलमा लेस्टर सिटीले म्यान्चेष्टर सिटीलाई घरेलु मैदानमा बोलाउनेछ। एजेन्सी