काठमाडौ, फागुन १० । नेपाल कम्युािष्ट पाटी नेकपाको सचिवालय बैठक आज बस्दैछ। पछील्लो बिकसित राजनैतीक घटनाक्रमका सन्दर्भमा छलफल गर्न अपरान्ह् सचिवालय बैठक बस्न लागेको हो।
कार्यक्रमको शिलशिलामा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड उपत्यका बाहीर रहेका छन्। उनि काठमाडौ आएपछी बैठक बस्ने श्रोतले बताएको छ। बैठकमा सञ्चारमन्त्रीको अडीयो प्रकरण,मन्त्रीपरीषद बिस्तार लगाएतका बिषयमा छलफल हुने बताइएको छ।
बैठकमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ।




