मकवानपुर, फागुन १० । गढी गाउँपालिका १ आँपटारस्थित बाटो नजिकको खोल्सामा पात-पतकरले छोपी लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान प्रहरीले फेला पारी बरामद गरेको छ।
प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।