काठमाडौं, फागुन १० । नेपाली कांग्रेसले चितवनको माडी नगरपालिकामा ४ दिनदेखि जारी आमरण अनसन तथा स्थानीयबासीको मागबारे आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।
आफ्ना मागहरुको बेवास्ता गरेकाले माडी-१ का वडाध्यक्षलगायतले गत फागुन ७ गतेदेखि आमरण अनसन सुरु गरेका थिए।
शनिबार प्रेस विज्ञप्तिमार्फत कांग्रेसले वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने‚ माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्नुपर्ने‚ प्राकृतिक स्रोत र साधनमा पूर्ण रुपमा स्थानीयको अधिकार हुनुपर्नेलगायतका मागप्रति ऐक्यबद्धता जनाउँदै तुरुन्त सम्बोधन हुनुपर्नेमा सम्बन्धित निकायलाई अपिल गरेको छ।
कांग्रेले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।