मुम्बई, फागुन ११ । बलिउड अभिनेत्री करिना कपुरले आफू एक समय डिप्रेसनको सिकार भएको बताएकी छिन्। त्यो डिप्रेशन पछि आफु कमजोर भएको र बेला बेलामा त्यसको समस्याले आफूलाई तर्साउने गरेको पनि यी अभिनेत्रीको कथन छ।
९ वर्ष अघि अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर प्रेम सम्बन्धमा थिए। फिल्म जव वी मिटको छायांकन गरिरहँदा आफूहरूको प्रेम सम्बन्ध टुटेको उनले बताइन्। शाहिदकै कारण जब बी मिट खेलेको र यो फिल्म चल्दै भन्ने लागेर आफूले अर्को फिल्म टसनलाई पूर्ण समय दिएको पनि यी अभिनेत्रीले खुलासा गरेकी छिन्।
आफूले चल्दैन भनेर महत्व नदिएको फिल्म जब बी हिट हुँदा टसन व्यावसायिक रूपमा पूर्ण असफल भयो। शाहिदसँगको प्रेम सम्बन्धका कारण डिप्रेसनमा गएको बेला टसन फ्लप र जब यी मिट हिट हुँदा आफू पूर्णरूपमा डिप्रेसनको सिकार भएको उनले बताइन्। जब बी मिट कसरी हिट भयो भन्ने आफूले कल्पना पनि नगरेको र त्यतिबेला उपचारमा बसेका कारण यो फिल्मको सफलतालाई पनि बेवस्ता गरेको करिनाको कथन छ।
नायक शाहिद कपुर र उनीसँग खेलेको फिल्म जब यी मिटले डिप्रेसनको समस्या भोगेकी यी नायिकाले उपचारपछि आफूले जीवनलाई बुझ्न पाएको बताएकी छन्। त्यसपछि डिप्रेसनमुक्त जीवन बाँच्ने अभ्यासमा रहे पनि त्यो डिप्रेसनले अहिलेसम्म असर गरेको यी नायिकाले खुलाएकी छन्।