काठमाडौँ, फागुन ११ । मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलोपटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा राखेको छ।
आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए। ‘हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ’, उनले भने, ‘यसले किसानलाई धेरै सहजता ल्याउँछ।’
ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पु¥याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ। एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ।