चितवन, फागुन ११ । माडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अनसन प्रति ऐक्यबद्धता जनाउँदै अनसन समर्थित माडीबासीहरुले आज माडीका ४ वटा मध्यवर्ति उपभोक्ता समितिको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरेका छन्।
पौडेल राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधन सहितका ७ बुँदै माग राख्दै गत फागुन ७ गतेदेखि अनसनरत छन्। अनसनको समर्थनमा नेपाल तरुण दल माडी नगर समितिको आयोजनामा माडीको बनकट्टा देखि बगई सम्म मोटरसाइकल र्याली निकालिएको थियो।
यसैबिच, वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले सुरु गरेको अनसनलाई राज्यले अभिलम्ब सम्बोधन गरियोस् भनी माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष गणेश वहादुर गुरुङ्गले एक प्रेश विज्ञप्ती जारी गर्दै अनसनरत प्रति ऐक्यबद्धता जनाएको छ।