काठमाडौं, फागुन १२ । सुनको मूल्य लगातार बढिरहेको छ। केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ।
यो अहिलेसम्मकै सबैभन्दा महंगो हो। सुनको भाउ तोलाको ८० हजार नाघेको हो।
सोमबार तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ८० हजार पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ।
चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो।