फागुन १२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ओमानका क्रिकेटर युसुफ अब्दुलरहिम अल बालुशीलाई ७ वर्षको प्रतिबन्ध लगाएको छ।
आईसीसीको भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै युसुफलाई क्रिकेटमा ७ वर्षको प्रतिबन्ध लगाईएको हो। प्रतिबन्धसँगै युसुफले ७ वर्ष क्रिकेटको कुनैपनि गतिविधिमा सामेल हुन पाउने छैनन्।
आईसीसीले युसुफलाई गत जनवरीमै निलम्बन गरेको थियो। आईसीसीले थप अनुसन्धान गरेपछि उनलाई लामो समयको प्रतिबन्ध गरिएको हो।
दुबईमा सन् २०१९ मा भएको आईसीसी टी-ट्वान्टी विश्वकप कप ग्लोबल छनोटमा युसुफले भ्रष्टाचार विरोधी नियम उलंघन गरेको बताईएको छ।
युसुफले समेत आफुले नियम उलंघन गरेको स्वीकार गरेको आईसीसीले जनाएको छ। एजेन्सी