फागुन १२ । गाजा तथा सिरियामा रहेका प्यालेस्टाइनी बिद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको इजरायली सेनाले बताएको छ। आफूहरुलाई लक्षित गरी रकेट आक्रमण भएपछि त्यसको जवाफमा हवाई आक्रमण सुरु गरेको इजरायलले बताएको हो।
गाजा पट्टी र सिरियाको दमासकसबाट दक्षिणी क्षेत्रमा रहेका इस्लामिक बिद्रोहीका अखडालाई निशाना बनाएको इजरायली आर्मीले दाबी गरेको छ।
इस्लामी बिद्रोही गतिविधिको केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गर्न सफल भएको दाबी इजरायली आर्मीको छ। हवाई आक्रमणका कारण गाजामा चारजना घाइते भएको जनाइएको छ।