फागुन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन्। ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन्।ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन्।
विमानस्थलबाट मोटेरा स्टेडियम सम्मको २२ किलोमिटर दूरी दुबै नेताले पूरा गर्ने छन्। यसबीचमा साबरमती आश्रममा केही बेर आराम गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ट्रम्पले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ।
भारत भ्रमणका क्रममा ट्रम्पले अहमदाबाद, दिल्ली र आगराको भ्रमण गर्नेछन्।
ट्रम्पसँगै उनकी पत्नी मेलानिया र छोरी इवान्का पनि रहेका छन्। भारतमा अवतरण गर्नु भन्दा केही समय पहिला अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेका थिए।
‘हम भारत आने के लिए तत्पर हैं। हम रास्ते मे हैं कुछ ही घंटो मे्र हम सबसे मिलेंगे !’ उनले ट्वीटमा लेखेका थिए।