चितवन, फागुन १२ । नेपाली कांग्रेस चितवनले यही फागुन १५ गते चितवन बन्द आह्वान गरेको छ। निकुञ्ज ऐन संशोधनलगायतका माग गर्दै अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षाका लागि दबाब दिन घोषणा गरिएको चरणवद्ध आन्दोलन आन्दोलनको कार्यक्रम अनुरुप फागुन १५ गते चितवन बन्दको आह्वान गरेको हो।
कांग्रेसको चरणबद्ध कार्यक्रम अनुसार आज दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौविसकोठीमा चक्काजाम समेत गरिएको थियो। यस्तै आन्दोलनका कार्यक्रम अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म धर्ना कार्यक्रम, फागुन १४ गते बेलुका ६ बजे लायन्सचोकबाट पुल्चोक नारायणगढसम्म मसाल जुलुस निकालिने कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
अनशनरत वडाध्यक्ष पौडेलको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ।