काठमाडौं, फागुन, १२। हास्य कलाकार जीतु नेपाल कृषि विकास बैंकको सद्भावना दूतमा नियुक्त भएका छन्।
दुई वर्षको लागि सद्भावना दूतमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनले बैंकप्रति आभारी रहेको बताएका छन्। साथै आफ्नो कार्यकालमा बैंकको प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।
नियुक्त भएसँगै फेसबुकमा एक स्टयाटस लेख्दै उनले भनेका छन्, “तपाईं हाम्रो घर आंगनको बैङ्क,कृषि बिकास बैङ्कको २ बर्षकोलागि सद्भावना दुतमा नियुक्त भएको छु। यो जिम्मेवारी दिनु भएकोमा कृषि बिकास बैङ्क परीवार प्रती आभारी छु। “