चितवन, फागुन १२ । राष्ट्रिय निकुञ्जका कारण सृजित समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएकाछन्।
माडी नगरपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माडीको संयुक्त प्रतिनिधीमण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निकुञ्ज ऐनका कारण माडीमा सृजित हालका समस्याहरु समाधानका लागि सम्बन्धित सरकारी निकायहरुलाई निर्देशन दिन प्रधानमन्त्री ओली तयार भएका हुन्।
प्रधानमन्त्री ओलीले चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुविधा प्राप्त बाटोको स्तरोन्न्ती गर्न, निकुञ्जको बाटो चौबिसै घण्टा आवातजावतका लागि खुला गर्न, बाँदझुलामा भौतिक निर्माणका काममा अवरोध नगर्न, रिउ करिडोरलाई बहुवर्षीय योजनाको रुपमा निर्माण सहित यस आर्थिक वर्षमा नै आवश्यक बजेट विनियोजन गर्न तथा राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधनको प्रक्रिया अगाडी बढाउन सहमति जनाएकाछन्।
प्रतिनधी मण्डलसँगै नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निकुञ्जका कारण माडीमा सृजित समस्याबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।