काठमाडौँ, फागुन १३ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
सेक्युरिटी प्रिन्टिङ्ग प्रेश खरिद गर्ने सम्बन्धमा कमिसनका लागि बार्गेनिङ्ग गर्दै गरेको अडियो सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्।
अडियो प्रकरणलाई लिएर कांग्रेससहितका विपक्षी दलले यसअघिको संसद बैठकमा अवरोध गरेका थिए। उनीहरुले मंगलबार भने बैठक चल्न दिने भएका छन्।
नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको कांग्रेस, राजपा तथा समाजवादी पार्टीको बैठकले संसदमा अवरोध नगर्ने निर्णय गरेकाले मंगलबारको संसद बैठक नियमित रुपमा चल्ने छ।